५ भाद्र २०८३, शुक्रबार
Header

काठमाडौं महनगरको प्रमुख बालेन्द्र र उपप्रमुखमा सुनिता बिजयी


प्रकाशित: शुक्रवार, १३ जेठ २०७९, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (वालेन) साह निर्वाचित भएका छन । 


महानरको उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोल उपप्रमुखमा निर्वाचित भएको घोषणा शुक्रवार मुख्य निर्वाचन अधिकृतको कार्यलय काठमाडौले गरेको छ । 


कार्यलयले घोषणा गरेको मत परिणाम अनुसार साहले ६१ हजार ७६७ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत पाएर दोस्रो भएका छन । 


प्रमुखका अर्का प्रत्यासी उम्मेदवार नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याई तेस्रो स्थान प्राप्त गरेका छन । 


महानगरको उपप्रमुख डंगोलले सबैभन्दा बढि ६८ हजार ६१२ मत ल्याएकी छिन । उनको प्रतिद्धन्द्धी गठबन्धनका नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याएका छन । 


आज प्रमुख र उपप्रमुख बिजेताको काठमाडौंको विभिन्न स्थानहरुमा बिजयी तथा धन्यवाद जुलुस निकालिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex