२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं मलबाट चितुवाको टाउको सहित ३ जना पक्राउ    


प्रकाशित: आईतवार, २५ माघ २०७७, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाण्डौ मल अगाडी संरक्षित वन्यजन्तु चितुवाको दाह्रा सहित टाउकोको भागसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 


महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले सूचनाको आधारमा जिल्ला लमजुङ दुधपोखरी गा.पा.वडा नं.–६ घर भएका वर्ष २३ को सन्तोष आले मगर, जिल्ला काभ्रे रोसी गा.पा. वडा नं.–१२ घर भएको बर्ष २० को सुजन थिङ र बर्ष १८ को मिङमार मोक्तानलाई पक्राउ गरेको हो । 


टोलीले खोजतलास गर्दा संरक्षित चितुवाको दाह्रा सहितको टाउकोको थान–१ (एक) बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिंडीरहेको बेलामा पक्राउ गरिएको हो 


उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको डिभिजन वन कार्यालय, हात्तीसार काठमाण्डौ पठाइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex