१९ बैशाख २०८१, बुधबार
Header

काठमाडौं मलका व्यवासायीले गरे महानगर प्रहरीविरुद्ध प्रदर्शन


प्रकाशित: सोमबार, ८ माघ २०८०, १६ः१५ बजे 
- महानगरखवर

काठमाडौं । काठमाडौं मलको ग्राउण्ड फ्लोरमा रहेको पसल कवल हटाउन पुगेका महानगर प्रहरी विरुद्ध व्यवासायीले प्रदर्शन गरेका छन । 


सोमवार सो फ्लोर खाली गर्न पुगेका प्रहरी विरुद्ध व्यवसायीहरुले नारावाजी गर्दै विरोध प्रर्दशन गरेका हुन । 


महानगरले ग्राउण्ड फ्लोर पार्किङको लागि नक्सामा उल्लेख भएको भन्दै खुला गर्न केही दिन यता माईकिङ गर्दै आएको थियो । 


कर्मचारी सञ्चय कोषबाट सञ्चालित मलको भुइँ तलामा व्यवसाय गर्दै आएका व्यवसायीहरुले मलका तर्फबाट कानुन व्यवसायीहरुले २६ पुसमा उच्च अदालत पाटन इजालसबाट अल्पकालीन अन्तरिम आदेश ल्याएका थिए ।


उक्त आदेश कायमै रहेको बेला महानगरपालिकाका नगर प्रहरी काठमाडौं मलको भुइँ तला खाली गर्न पुगेपछि व्यवसायी आक्रोशित भएका हुन ।


व्यवसायीहरुले एक वर्ष अवधि हुँदा पनि आफूहरुलाई महानगरपालिकाले नगर प्रहरी लगाएर अपमान गरेको गुनासो पोखेका छन । 


व्यवसायी श्रीधर पोखरेलले समय बाँकी रहँदै महानगरले बर्बरतापूर्वक व्यवसायीहरुलाई अपमान गरेको बताए ।


उनले महानगरले अदालतको आदेश विपरीत व्यवसायीहरूमाथि धरपकड गरेको सुनाए । 


अर्का व्यवसायी मुरारी कोइरालाले सञ्चयकोषको अन्तिम फ्लोरमा ७५ जना व्यवसायीहरु व्यवसाय गर्दै आइरहेको बताए ।


उनले आज महानगरपालिकाले फुटपाथ व्यापारीहरुलाई गरेको भन्दा बढी ज्यादती गरेको उल्लेख गरे ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD