३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं भ्यू टावर निर्माणको समय थपियो


प्रकाशित: आईतबार, ८ बैशाख २०७६, १०ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं भ्यू टावरको समय अवधि १ बर्ष थपेको छ । 


निर्माण कम्पनी जलेश्वर, स्वच्छन्द र बिकोइले विसं २०७३ साउनबाट निर्माणको काम शुरु गरेको भएपनि अहिले सम्म जमिन मुनिकै काम भईरहेको छ । 


ठेक्का कम्पनीले समय थप माग गरे अनुसार एक बर्ष समय थपिएको कामपाले जनाएको छ । 


सम्झौता अनुसार अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने थियो तर सो अनुसार काम हुन नसकेको कामपा सार्वजनिक निजी साझोदारी एकाइ प्रमुख धु्रव काफ्ले बताए । 


सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन । उक्त कम्पनीले वार्षिक रु ९८ लाख कर कामपालाई बुझाउँदै आएको छ । 


गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्नेछ । 


स्तम्भ निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ । स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङस्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङस्थल, व्यवस्थित चलचित्रघर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन । 


स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सो अग्लोघर नेपाली कलासंस्कृति झल्किने खालको हुनेछ । 


कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार निर्माणपछि कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex