१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौं भ्युटावरका ठेकेदार भेटवाललाई धरौटीमा छाड्न आदेश


प्रकाशित: मंगलवार, ३ चैत्र २०७७, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं भ्यूटावरका ठेकेदार मनोजकुमार भेटवाललाई विशेष अदालतल २ लाख धरौटीमा रिहा गर्न आदेश दिएका छन । 


भेटवाललाई विशेष अदालतले एक लाख ९० हजार धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । 


भेटवाललाई १३ करोड भन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिना गरेको माग दावी छ । भेटवालसँगै बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पनि धरौटीमा छुटेका छन ।


फाइनान्स लिमिटेडको रकम हिनामिना प्रकरणमा पक्राउ परेका उनीरुलाई अदालतले छोड्न भनेको छ । ४० करोड भन्दा बढी सम्पत्ति हिनामिना भएकोमा भेटवालसँग १३ करोड २६ लाख विगो माग दाबी गरिएको छ । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई १० वर्ष कैद सजायको समेत माग दाबी गरेर फागुन अन्तिम साता विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD