काठमाडौं । विहिवार दिँउसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का महसुस भएको हो ।
समाजिक सञ्जालमा मानिसहरुले भूकम्पको धक्का महसुस गरेको उल्लेख गरेका छन ।
2 January 2025, Thursday
Categorized in समाज