१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौं फनपार्कलाई महानगरको २४ घण्टे अल्टिमेटम (पत्रसहित)


प्रकाशित: बुधवार, १५ भाद्र २०७९, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । भृकुटीमण्डप प्रदर्शनीमार्ग स्थित काठमाडौं फनपार्कलाई काठमाडौं महानगरले कर तिर्न ताकेता गरेको छ ।


बुधवार महानगरको राजस्व विभागले एक पत्रचार चारी २४ घण्टाभित्र पार्कले बाकी रहेका व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर भुक्तानी गर्न निर्देशन दिएको छ । 


सो अवधिभित्र कर नतरे शिलबन्दी गरेर असुल उपर गर्ने समेतको चेतावनी दिएको छ । 


काठमाडौं महानगरपालिकाले प्रर्दशनी मार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न ताकेता गरेको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।
तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ । 

 


महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा भनिएको छ, ‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्यैता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ ।’
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex