६ चैत्र २०८०, मंगलबार
Header

काठमाडौं प्लाजा खाली गराउन माईकिङ गरिने


प्रकाशित: सोमवार, ३० चैत्र २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल ट्रष्टको कार्यालयले कमलादीस्थित काठमाडौं प्लाजा खाली गर्न माईकिङ गर्ने भएको छ ।  


कन्सेप्ट डेभलपर्सले सञ्चालन गर्दै आएको प्लाजा सम्भौता नविकरण नगरेपछि ट्रस्टले मंगलवार माईकिङ गरी खाली गर्न गर्ने ट्रस्टको कार्यकारी सचिव सुरेश आचार्यले बताएका छन । 


आचार्यका अनुसार वैशाख २ गते भवन पूर्ण रुपमा ट्रष्टले प्लाजा नियन्त्रणमा लिनेछ । यस अघि प्लाजा खाली नभएपछि ट्रष्टले अन्तिम पटकका लागि भन्दै ३१ चैतसम्मको समय दिएको थियो ।


यस अघि प्लाजा काठमाडौं महानगरपालिकालाई भाडामा दिने निर्णय गरेपनि सो लागु हुन सकेको छैन । 


प्लाजा नछाड्नेहरुलाई अनधिकृत कब्जा, करार ऐन मिचेको लगायतका मुद्दामा कारबाही थाल्ने समेत नेपाल ट्रष्टले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD