१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौं प्लाजा खाली गराईयो, महानगरपालिकासँग प्रक्रिया अघि बढने


प्रकाशित: विहिवार, २ बैशाख २०७८, २०ः१० बजे
- महानगरखवर

काठमाडौं । विहिवार नेपाल ट्रस्टले काठमाडौं प्लाजा खाली गराएको छ । 


ट्रष्टले प्लाजामा रहेका सबै व्यापारिक पसल तथा कार्यालयहरू खाली गराएको ट्रष्टका प्रवक्ता भीष्मकुमार भुसालले बताए । 


प्लाजाखाली भएसँगै २७ वर्षको लिज ठेक्का लिइरहेको कन्सेप्ट डेभलपर्स प्रालिसँगको सम्झौता पनि औपचारिक रुपमै भंग भएको छ । 


काठमाडौं महानगरपालिकालाई प्लाजा भाडामा दिने मन्त्रिपरिषदको निर्णय भएपनि हाल सो निर्णय विरुद्ध कन्सेप्टले सर्वोच्चमा मुद्दा दायर गरेपछि प्रक्रिया अघि बढ्न सकेको छैन ।


बैशाख १९ गते उक्त मुद्दाबारे अन्तिम सुनवाई हुँदैछ । यो सुनवाई भएपछि महानगरपालिकासँग सम्झौताका लागि बाटो खुल्नेछ । महानगरसँग सम्झौता भए माहानगरपालिको ट्रस्टलाई मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा बुझाउनु पर्ने छ । 


२०७७ असार १ गते ट्रष्टको बैठकले उक्त कम्पनीसँग सहकार्य तोड्ने र काठमाडौं महानगरपालिकासँग नयाँ सम्झौता गर्ने निर्णय गर्दै मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । 


यस अघि ट्रस्टले प्लाजा खाली गराउन चैत २९ गते अन्तिम सूचना जारी गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD