२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेकाहरुले पनि दिए कक्षा १२ को परीक्षा 


प्रकाशित: आइतवार, २१ बैशाख २०८२, १२ः५२ बजे
- महानगरखवर

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट ६ जना अभियुक्तले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी भएका छन ।


काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार, परीक्षा दिनेमा १५ चैतमा भएको तीनकुने राजावादी प्रदर्शनमा भाटभटेनी सुपरमार्केटमा लुटपाट आरोपमा पक्राउ परेका सिराहाका १९ वर्षीय दिनेश महतो लगायतका अभियुक्तहरु परीक्षमा सामेल छन ।


‘काठमाडौं प्रहरी मातहतका युनिटमा रहेकाहरु पनि कतिपयको कक्षा १२ को परीक्षा रहेछ, त्यही अनुसार परीक्षा बोर्डसँग समन्वय गरेर यहीँ परीक्षा दिने व्यवस्था मिलाएका छौं’, उनले भने, ‘परीक्षा दिनेमा सवारी ज्यानसम्बन्धी कसुर, अभद्र व्यवहार, चोरी लगायतका मुद्दाका आरोपी छन् ।’


परीक्ष दिनेहरुमा सिन्धुपाल्चोकका दावा शेर्पा, अभयराज सिंह, राजकुमार खडायत लगायत रहेको प्रहरीले बताएको छ । 


काठमाडौं प्रहरी परिसरबाट परीक्षा दिइरहेका छन् । उनीहरुको परीक्षाका लागि प्रहरीले केन्द्राध्यक्ष नै बोलाएर छुट्टै गार्ड र बेञ्चको व्यवस्था गरेको थियो ।


अदालतबाट मुद्दा छिनोफानो भएर वा पुर्पक्षका लागि थुनामा रहेकाहरुलाई समेत अध्ययन गर्न चाहे कारागारबाट समेत पढ्न पाउने व्यवस्था छ । काठमाडौंको केन्द्रीय कारागारमा त कैदीबन्दीहरुका लागि छुट्टै स्कुल पनि छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex