१६ बैशाख २०८१, आइतबार
Header

काठमाडौं प्रहरीले सञ्चालनमा ल्यायो ‘ई–क्यूआरटी’ सेवा 


प्रकाशित: विहिवार, २४ फागुन २०८०, १४ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं प्रहरीले अपराध अनुसन्धान र नियन्त्रणका लागि क्वीक रेस्पोन्स टिम (क्यूआरटी) सेवा सुरु गरेको छ । 


प्रविधिको प्रयोगलाई बढाई सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन काठमाडौंमा प्रहरीले ‘ई–क्यूआरटी’ सेवा सुरु गरेको हो ।


जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने र समस्यामा परेका नागरिकसम्म पुग्ने समयलाई घटाउन समेत सहयोग पुग्नेछ । 


यस सेवा अन्तर्गत काठमाडौं प्रहरी मातहतका वृत्त र प्रभागहरुबाट जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम मार्फत मोटरसाइकलमा खटिने टोलीको लोकेसन नियमित ट्रयाक समेत हुने । 


त्यसैगरी,घटनास्थलको लाइभ तस्वीर र भिडियो पनि सिस्टममा प्राप्त हुन्छ । 


२४ सै घन्टा प्रहरी कन्ट्रोल रुमबाट  ट्र्याकिङ गर्न मिल्ने गरी डिजिटल प्रणाली जडिएकोले घटनास्थलमाका विवरणहरु स्वतः रेकर्ड हुने पनि छ । 


यस सेवा अन्तर्गत खटिने ६० वटा पुलिस क्यूआरटी टोलीको सदस्यलाई शरीरमा हुने क्यामरासहितको प्रविधि जडान गरिएको छ । 


विहिवार ई–क्यूआरटी सेवा उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले जिल्ला प्रहरी परिसर काठमाठौंमा अयोजित कार्यक्रममा उद्घाटन गरेका थिए ।


सो अवसररमा क्यूआरटी टोलीका सदस्यलाई प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, एआईजी थापा, जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका सहन्यायाधीवक्ता सन्देश श्रेष्ठ लगायतले जीपीएस ट्र्याकिङ डिभाइस, शरीरमा लगाउन मिल्ने क्यामरा, हेलमेट, नि–गार्ड, रेडियो सेट, साइरन लगायतका सामग्री हस्तान्तरण गरेका थिए ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD