१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौं प्रशासनले भन्यो– फोहर व्यस्थापन गर्न दिनु, आजबाट उपत्यकाको फोहर उठ्यो


प्रकाशित: सोमवार, २८ चैत्र २०७८, २१ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सेवामा बन्द, हडताल र निषेध नगर्न आग्रह गरेको छ । 


प्रशासनले एक सुचना जारी काठमाडौं उपत्यकाको अन्तिम फोहर व्यवस्थापनमा देखिएको अवरोधप्रति सचेत गराएको छ । 


नुवाकोटको सिसडोलसम्म जाने बाटो समयमा मर्मत नगरेको भन्दै स्थानीयले अवरोध गर्दा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सेवा अवरोध गर्नु कानुन विपरीत रहेको जनाएको हो ।


पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौँ फोहर व्यवस्थापनमा अवरोध गरेका थिए । 


सोमबार बाट उपत्यकाको फोहर उठाएको छ । उपत्यकाको १८ स्थानीयको फोहर व्यवस्थापनको कार्य पुनः सुरु भएको हो । 


प्रशासनले आगामी दिनमा पनि यस्ता गतिविधि गरेको पाइए कानुनी कारबाही गरिने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा भनिएको छ । 


कार्यालयले आज एक सूचना जारी गर्दै सरकाले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार २०७८–२–१७ गते प्रकाशित राजपत्रको दफा १४ मा फोहरमैला व्यवस्थापनलाई पनि आवश्यक सेवाभित्र राखेको जानकारी सूचनामा गराइएको छ ।


अहिले फोहर व्यवस्थापनका लागि समय निर्धारण गरिए अनुसार राति १० बजेदेखि बिहान आठ बजेसम्म मात्र फोहरको गाडी सिसडोल जान पाउनेछन । 


काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले आजदेखि फोहर व्यवस्थापन कार्य शुरु भएको जानकारी दिईन ।  

 


उनका अनुसार २०७० सालदेखि शुरु गरिएको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयवासीले आन्दोलन गरेकाले फोहर विसर्जनमा अवरोध हुँदै आएको छ । 


प्रमुख राईले यसविषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्ने बताईन । सडक बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहर पटकपटक रोकिँदा अपजस भने कामपाले पाउने गरेको छ । 


हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र महानगरको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD