७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं प्रशासनले भन्योः स्वास्थ्य मापदण्ड पालना गरी सभा, सम्मेलन, जात्रा गर्न पाईने


प्रकाशित: शुक्रवार, १५ असोज २०७८, १७ः२० बजे
- महानगरखबर

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य मापदण्ड पालना गरी काठमाडौमा सभा, सम्‍मेलन र धार्मिकरसांस्कृतिक मेला, जात्रा, पर्व लगायत चाड पर्व लक्षित अन्‍य क्रियाकलापहरु गर्न पाईने बताएको छ । 


प्रशासनले शुक्रवार एक विज्ञप्ती जारी गरी सो विषयमा स्पष्ट पारेका छन । जारी विज्ञप्तीमा भनिएको छ,‘जिल्ला प्रशासन कार्यालयले मिति २०७८÷०६÷१४ गतेदेखि लागु हुने गरी जारी गरेको आदेशको बुँदा नम्बर १९(क) मा उल्लेखित विषयमा सार्वजनिक रुपमा चासो, चिन्ता र अभिव्‍यक्तिका सम्‍बन्धमा ध्‍यानाकर्षण भएको छ ।’


यसअघि हिजो स्थानीय प्रशासनले विज्ञप्ति जारी गरेर आदेशको बुँदा १ (क)मा उपत्यकामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा प्रतिबन्ध लगाएको थियो ।


काठमाडौं प्रशासनले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै नेपाल सरकार मन्त्रिपरिषद्‌को निर्णय एवं प्रचितलि कानुनले दिएको अधिकार प्रयोग गरी यसअघि जारी गरिएको आदेशको निरन्तरताको रुपमा उक्त आदेश जारी गरिएको र उक्त आदेशले कुनै पनि प्रकारका सभा, सम्‍मेलन, धार्मिकरसास्कृतिक मेला, जात्रा पर्व लगायत चाडपर्व लक्षित अन्‍य क्रियालापहरु स्वास्थ्य मापदण्ड पालना गरी  गर्न÷गराउन कुनै बन्‍देज नलगाएको स्पष्ट पारेको हो । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD