२३ बैशाख २०८१, आइतबार
Header

काठमाडौं प्रशासनले निषेधित क्षेत्रको अवधि फेरि २ महिना थपे


प्रकाशित: शुक्रवार, ४ फागुन २०८०, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्रको अवधि तेस्रो पटक २ महिना थपेको छ ।  


शुक्रबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी अवधि थप गरेको हो ।


प्रशासन कार्यालयले गत मंसिर ५ गते ३० दिनका लागि पाँच जनाभन्दा बढी भेला जम्मा भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ गर्न निषेध गर्दै निषेधित क्षेत्र तोकेको थियो । 


गत मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमाले निकट युवा संघले गरेको कार्यक्रममा दंगा नहोस भन्ने उद्देश्यले प्रशासनले उक्त आदेश जारी गरेको थियो । 


फेरि पुस ४ गते प्रशासनले दुई महिनाका लागि निषेधित क्षेत्रको लागि समय थपेको थिजयो । 


प्रशासनले माइतीघर मण्डलदेखि बानेश्वरसम्म, शितल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको थियो। 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD