१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौं प्रशासनले एक घण्टामै नागरिकता दिने


प्रकाशित: विहिवार, २१ पुस २०७९, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । जिल्ला प्रशासन कार्यलय काठमाडौले आवश्यक कागजात पुगे एक घण्टामै सेवाग्राहीलाई नागरिकता दिने भएको छ ।


काठमाडौ प्रशासनले विहिवारदेखि ‘टाईम कार्ड’ लागु गरेको छ । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार बिहीबारदेखि लागू हुने गरी १० किसिमका सेवामा टाइम कार्ड लागू गरिएको हो । 


प्रमुख अधिकारका अनुसार नागरिकताको लागि आवश्यक कागजात पुगे १ घण्टाभित्र नागरिकता, ३० मिनेटभित्र संस्था नविकरण, नावालक परिचयपत्र हुने छ । 


त्यसैगरी राहादानी १५ मिनेटभित्र १५ मिनेटभित्र उपलव्ध गराउने छ । मुद्दा सम्बन्धी पेशी तोक्ने र तारेख दिने कामका लागि ३० मिनेट लगायतको सुविधा सेवाग्राहीलाई काठमाडौं प्रशासनले दिने भएको छ । 


सेवाग्राहीले घण्टौं लाईन लागेर सेवा लिनु पर्ने, समयमा काम नहुने जस्ता गतिविधीहरुले हैरान सर्वसाधरणले राहात पाउने विश्वास गरिएको छ । 


यस अघि प्रधानमन्त्री पुष्पकमल दाहालले विभागका सचिवहरुलाई लाईन लागरे सेवा लिनु पर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex