काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी मंसिर ३ गतेवाट बार अनुसार सेवा दिने भएको छ ।
प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरी याँ नागरिकता, नागरिकताको प्रतिलिपी, नावालिग परिचयपत्र, राहदानी हतियार दर्ता तथा नवीकरण लगायतका सेवा प्रवाह गर्ने भएको हो ।
जारी सुचना अनुसार आइतबार काठमाडौं महानगरपालिकाको वडा नं १ देखि ११ सम्मका बासिन्दाले, सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका वासिन्दाले सेवा पाउनेछन ।
मंगलबार काठमाडौं महानगरपालिकाको वडा नं १२ देखि २१ सम्मकाले, बुधबार बुढानीलकण्ठ, टोखा र कागेश्वरी मनोहरा नगरपालिका, बिहीबार काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ देखि ३२ सम्मकाले र शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका वासिन्दाले सेवा पाउनेछन ।
संघसंस्था दर्ताको काम सोमबार र बुधबार, संघसंस्था नवीकरण आइतबार, मंगलबार बिहीबार र पत्रपत्रिका, छापाखाना दर्ता र विधान संशोधन शुक्रबार मात्र हुनेछ । प्रतिलिपी पत्राचार सेवा प्रत्येक दिनको ४ बजेपछि दिनेछ ।
काठमाडौं प्रशासनले कोरोना महामारीको जोखिम कारण तथा कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि असोज २५ गतेदेखि सेवा स्थगित गरेको थियो ।
Categorized in स्थानिय