काठमाडौं । जिल्लला प्रशासन कार्यलय काठमाडौंले होली पर्वलगायत उत्सव, मेला नमनाउन आग्रह गरेको छ ।
विहिवार एक सुचना जारी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९०) बाट नेपाल पनि जोखिममा रहेकाले सचेतना अपनाउन भीडभाड हुने पर्व तथा कार्यक्रमहरु नगर्न आग्रह गरेको हो ।
‘अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली लगायत) कार्यक्रमहरुको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन सबैमा अनुरोध गरिन्छ, प्रशासकीय अधिकृत मानबहादुर बुढाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी, कीर्तिपुर नगरपालिका वडा १० ले पनि वडावासीमा सुचना जारी गरी भीडभाड हुने कार्यक्रमहरु सहभागी नहुन आग्रह गरेको छ ।
Categorized in समाज