१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौं प्रशासनको आग्रह– ‘चाडपर्व सांकेतिक रुपमा मनाउनु’


प्रकाशित: विहिवार, ३१ भाद्र २०७८, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विहिवार एक आदेश पत्र जारी गरी चाडपर्व सांकेतिक रुपमा चाडपर्व मनाउन आग्रह गरेको छ ।


प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आदेश जारी गर्दै स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाड पर्व मनाउन अनुरोध गरेको छ । 


जारी आदेशमा भनिएको छ,‘ यस अवधिमा पर्ने चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितमा सांकेतिक रुपमा मात्र मनाउन पाउने ।’


कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको हुँदा अनावश्यक रुपमा मानिसहरु घरबाहिर निस्कने, जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्न समेत प्रशासनले भनेको छ ।


प्रशासनको आदेश अनुसार स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजे र अपरान्ह ४ देखि ७ बजेसम्म गर्न पाइने छैन । यस्तै सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD