८ बैशाख २०८१, शनिबार
Header

काठमाडौं प्रवेश रोक्नुपर्ने उपत्यकाका मेयरहरुको माग


प्रकाशित: मंगलवार, २३ बैशाख २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । उपत्यका नगरपालिका फोरमकाका मेयरहरुले काठमाडौं प्रवेश रोक्नुपर्ने माग गरेका छन ।


फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिका विद्यासुन्दुर शाक्य लगायत उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुले कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेट गरी उपत्यकामा आवत–जावत पूर्ण रुपमा रोक्न माग गरेका हुन । 


कोरोना संक्रमणबाट उपत्यकालाई जोगाउन सरकारले उपत्यकाभित्र निर्वाध आवत–जावतलाई कडाई गर्न फोरमले सरकारको ध्यानाकर्षण गराएको हो । 


काठमाडौं महानगर प्रमुख शाक्यले उपत्यकावाहिरका केही जिल्लामा कोरोना संक्रमण वढिरहेको बेला एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुने वताउँदै कडाई नगर्ने हो भने थप समस्या उत्पन्न हुन सक्ने कुरा समितिका संयोजक तथा रक्षामन्त्री पोख्रेलसमक्ष राखेको वताए । 


भेटमा रक्षामन्त्री पोख्रेलसँग उपत्यकामा केही खुकुलो बनाउनु पर्ने प्रस्ताव पनि राखेको प्रमुख शाक्यले वताउँदै आफूहरुले राखेको मागप्रति मन्त्री पोख्रेल सकारत्मक रहेको र समितिको बैठक र मन्त्रिपरिषद्मा समेत यी कुरा राख्ने प्रतिवद्धता व्यक्त गरेको वताए । 


सो भेटमा मध्यपुर ठिमी नगरपालिकाका प्रमुख तथा फोरम सचिव मदनसुन्दर श्रेष्ठले उपत्यकालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित भएर हामीले छलफल भएको जानकारी दिए । 


पोख्रेलसँगको भेटमा मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबू महर्जन, संघीय सांसदहरु कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठलगायत सहभागी भएका थिए ।


फोरमलेले यस अघि राहतको अभावमा उपत्यका नछाड्न उपत्यकावासीलाई आग्रह गर्दै संयुक्त अपिल जारी समेत गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD