काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरिएको छ ।
मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई सोधिएको स्पष्टीकरण चित्त बुुझ्दो नभएको भन्दै निलम्बन गरेको बताए ।
पाण्डेलाई निलम्बन गरी नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई ६ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।
’चित्तबुझ्दो जबाफ नआएपछि निलम्बन गरिएको हो,’ उनले भने, ’नयाँ जिम्मेवारी विष्णु जोशीलाई दिइएको छ।’
चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गत सोमबार पाण्डेले आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गर्दै स्पष्टीकरण बुझाएका थिए ।
Categorized in पालिका