काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई स्पष्टीकरण बुुझाएका छन ।
सोमबार पाण्डेले स्पष्टीकरण बुझाएको प्रमुख प्रशासकिय अधिकृत गुरागाईंले बताए ।
उनका अनुसार पाण्डेले स्पष्टीकरणमा आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गरेका छन ।
’उहाँले आज स्पष्टीकरण बुझाउनुभएको छ,’ उनले भने, ’उक्त दिन आफूलाई जिम्मेवारी दिएको हुँदा कर्तव्य पालना गरेको भन्ने छ । हामी स्पष्टीकरणबारे थप अध्ययन गर्नेछौं।’
गत चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।
Categorized in पालिका