१७ बैशाख २०८१, सोमबार
Header

काठमाडौं ठमेलबाट अबैध मुगासहित यमन नागरिक पक्राउ


प्रकाशित: आईतबार, २७ साउन २०७५, १६ः०५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको ठमेलबाट अबैध मुगासहित एक यमन नगारिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रहरीले यमन नागरिक एल अस्री मोहामेको सुटकेस खानतलासी गर्दा मुगाको माला र विदेशी मुद्राहरु बरामद गरेको महानगरिय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 


मुगाको कारोबार गर्न आएका जुम्ला घर भएका नवीन चौलागाई, मुगु घर भइ बौद्ध बस्ने ग्याल्पु तामाङलाई समेत पक्राउ गरेको छ ।


प्रहरीले पक्राउ परेका यमन नागरिकबाट ८ किलो मुगा, ५२ सय ३ अमेरिकी डलर, यमन मुद्रा १४ हजार, इजिप्टको मुद्रा ७५०, चाइनिज युआन ४९३ लगायत विभिन्न देशको मुद्राहरु बरामद गरेको छ ।

 
त्यस्तै प्रहरीले ग्याल्पु तामाङको साथबाट ४६ थान मुगा बरामद छ । प्रहरीले तथ अनुसन्धान अघि बढाएको जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD