११ कार्तिक २०८३, मंगलबार
Binod Yojesh Ram

काठमाडौं टावर निर्माण कार्यमा आदेश


प्रकाशित: बुधवार, २५ असार २०८२, २१ः०५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं टावरको निर्माण कार्यलाई उच्च अदालत पाटनले निरन्तरता दिन आदेश दिएको छ । 


जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स प्रालिले काम रोकिएको भन्दै दायर गरेको रिटमा अदालतले सोमबार अन्तरिम आदेश दिएको हो ।

 
न्यायाधीश प्रकाश खरेलको एकल इजलासले दिएको आदेशमा भनिएको छ, ‘२०७२ भदौ ६ गते र २०८१ असोज २८ गते महानगरपालिकाले दिएको अनुमति यथावत रहेकाले सम्झौता अनुसार भवन निर्माण कार्य निरन्तरता दिनु वाञ्छनीय देखिन्छ ।’


यसअघि, महानगरले प्रमुख प्रशासकीय अधिकृतसँगको विवाद देखाउँदै २०८१ माघ ९ गते कम्पनीलाई काम नगर्न पत्र पठाएको थियो । अदालतले सो पत्र कार्यान्वयन नगर्न आदेश दिएको हो ।


महानगर र कम्पनीबीच २०७१ फागुन २२ मा व्यावसायिक भवन निर्माणका लागि सम्झौता भएको थियो । 


सुरुमा भूमिगत २ तला सहित १२ तले भवन बनाउन नक्सा पास गरिए पनि पछि १९ तलासम्म अनुमति दिइएको थियो । 


कम्पनीले सो अनुसार २ करोड ३० लाख रुपैयाँभन्दा बढी दस्तुर  दाखिल गराएको थियो।

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika