१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं जिल्ला साक्षर जिल्ला घोषणा


प्रकाशित: सोमवार, ४ असोज २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं जिल्लालाई सोमवार साक्षर जिल्ला घोषणा गरिएको छ । 


वागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताए । 


प्रचलित कानूनबमोजिम काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ रहेकोले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । 


काठमाडौं उपत्यकमा ललितपुर शतप्रतिशत साक्षर जिल्ला हो । 


शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेललेशिक्षाको कार्यक्रममा र कार्यान्वयनमा जटिल समस्या रहेको भन्दै नेपालमा शिक्षाको अहिलेको अवस्था बसको इन्जिन नबनाइ झ्याल ढोका बनाउन थालिएको र इन्जिन मुग्लिनमा गएर जोड्ने जस्तो तरिकाले अघि बढिरहेको तर्क गरे ।


१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं, जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD