२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौं जिल्ला प्रशासनले भन्यो– ‘स्वास्थ्य मापदण्ड पालना नगरे कार्वाही गरिने’


प्रकाशित: मंगलवार, ७ बैशाख २०७८, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालय सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना नगरे कार्वाही हुने बताएको छ । 


जिल्ला प्रशासनले मंगलवार एक सुचना जारी सोमवार मन्त्रिपरिषद्को बैठले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न गराउन भनी सरोकारवाला सबैमा अनुरोध गरेको छ । 

 


मन्त्रिपरिषदको बैठकले काठमाडौ जिल्लाका महानगरपालिका तथा नगरपालिकाका सबै विद्यालय, कलेज, टयुसन सेन्टर, तालिम केन्द्र बैशाख मसान्त सम्म पूर्ण रुपमा बन्द गर्ने, सिनेमा हल, पार्टी प्यालेस, दोहरी, नाचघर, हेल्थ क्लव, जिम हाउस, फुटसल, आमसभा लगायतका कार्यहरु बन्द गर्ने रहेका छन ।

 


त्यसैगरी अनिवार्य रुपमा मास्क लगाएर मात्र बाहिर निस्कने, २५ जना भन्दा बढि भेला नहुने गरी कार्यक्रम गर्नु परे जिल्ला प्रशासनको पूर्व स्वीकृत लिनुपर्ने, मठमन्दिरमा नित्य पुजा मात्र गर्नु पर्ने, सार्वजनिक यातायातमा मास्क अनिवार्य तथा सिट क्षमता भन्दा बढि नहाल्ने जस्ता स्वास्थ्य मापदण्ड लागु गर्न भनेको छ । 

 


यदी जिल्ला प्रशासनले दिएको आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पुराउने व्यक्ति तथा संस्थालाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही वा सजाय हुने व्यहोरा समेत हुन सक्न जारी सुचनामा उल्लेख छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex