काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट एक अभियुक्त हत्कडसहित फरार भएको छ ।
जिल्ला अदालत परिसरबाट चोरी मुद्दाका अभियुक्त सिन्धुपाल्चोकका लालकाजी तामाङ फरार भएका हुन ।
उनलाई अदालतमा बुझाएलगत्तै उनी पुनः फरार भएका हुन ।
प्रहरीले हाल तिव्र रुपमा उनको खोजी भइरहेको सञ्चारमाध्यमहरुलाई जानकारी दिएको छ । उनको खोजीमा प्रहरी टोली परिचालन गरिएको छ ।
Categorized in समाज