१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं छिर्नेको एन्टिजेन परीक्षण गरिने


प्रकाशित: सोमवार, २३ चैत्र २०७७, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यका छिर्नेहरुले एन्टिजेन परीक्षण गरिने भएको छ । 


काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमवार काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकको निर्णय सुनाउने क्रममा सो जानकारी दिएको हो ।


साथै नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेर शंकास्पद व्यक्तिहरूको एन्टिजेन परीक्षण गराउन निर्देशन दिएको पराजुलीले बताए । स्थानीय तहहरूलाई क्वारेन्टिन र आइसोलेसन सेन्टर व्यवस्थापन गर्न पनि निर्णय भएको उनले जानकारी दिए ।


भारतमा संक्रमणको उच्चदर बढेसँगै नेपालमा पनि कोरोनाको जोखिम बढ्ने खतारालाई ध्यानमा दिँदै स्वास्थ्य सर्तकता अपनाउन सुरु गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex