६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं क्षेत्र नं. ६ को पूर्वाधार विकास, गुठी, बहाल, हिटीहरुको संरक्षणमा मेरो प्रतिवद्धता हुनेः खनाल


प्रकाशित: मंगलवार, २९ कात्तिक २०७९, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं क्षेत्र नं. ६ का एमाले प्रतिनिधिसभा उम्मेदवार सर्वेन्द्र खनालले यस क्षेत्रको पूर्वाधार, विकास, गुठी, बहाल हिटीहरुको संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । 


खनालले यस क्षेत्रको व्युटिफिकेशन गर्ने र यहाँको संस्कृति, सम्पदालाई जोगाएर अगाडी लगाउने, यो हाम्रो पहिचान भएकोले यसको संरक्षण गर्ने दायित्व आफूले लिने र यस क्षेत्रममा काम गर्ने आफ्नो मुद्दा भएको भने ।

 
पूर्व प्रहरी महानिरिक्षक समेत रहेका खनालले यस क्षेत्रको बागबजार, असन, ठमेल, लैनचौर राजधानीको हार्ट भएको तर यहाँ विकासका पूर्वाधारको समस्या, बजार व्यवस्थाको समस्या, ट्राफिक समस्याहरु, ढलको समस्या भईरहने यी लगायत यावत समस्याहरु रहेका छन यी समस्यालाई सम्बोधन गर्न गुरुयोजना बनाएर अघि बढ्ने उनले सुनाए ।

 
यस क्षेत्रको पर्यटकीय स्थल, कोरिडरहरु, सडकको मर्मत सम्महार, खोलाको सरसफाई, युथहरु, पार्कहरुको निर्माण गर्ने, सिनियर सिटिजनहरुको लागि पार्क निर्माण, स्कुलमा क्वालिटी एजुकेशन, एक्भिटिी बेस लर्निङहरु गराउने, भोकेशनल ट्रेनिङहरु गराउने आफ्नो योजना रहेको खनालले बताए । 


खनालले युथहरुलाई यही बाट वल्र्डवाईड कम्पिटीशन गर्न बातावरण बनाउने, आईटी क्षेत्रका लागेका युवाहरुलाई अवसर सिर्जना गर्ने खालको कामहरु अघि बढाउने समेत भनाई राखेका छन । 


यस क्षेत्रको विकासको लागि एकाउन्टीविलिटी (उतरदायित्व) भूमिका निर्माण गर्न आफूलाई पार्टीले उम्मेदवार बनाएको बताउँदै भने,‘ कुनै संस्थाले काम गरयो त्यो पनि अधुरै छाडिदिने, भएको बजेट पनि सदुपयोग गर्ने, विचमा कोडिसेन पनि नगर्ने, एउटाले ढले खन्ने, अर्कोले विजुको तार राख्ने, अर्को सडक खन्ने यस किसिमको अवस्थित मिस म्यानेजमेन्ट छ, यसलाई सस्टेनेबेल म्यानेजमेन्ट गर्ने गुरु योजना छ ।’


आफूलाई यस क्षेत्रका विवेक शिल मतादाताले मतदान गरी विजयी बनाउने विश्वास समेत उनले व्यक्त गरे । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex