काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत काठमाडौं क्षेत्र नं. १ मा २९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन ।
१६ राजनीतिक दलका उम्मेदवार र १३ स्वतन्त्र उम्मेदवार गरी कुल २९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन ।
निर्वाचन आयोग, नेपालका अनुसार यस क्षेत्रमा कुल ४८ हजार ४६९ मतदाता रहेका छन । तीमध्ये २३ हजार २३७ (४७.९२ प्रतिशत) पुरुष मतदाता रहेका छन ।
२५ हजार २३२ (५२.०८ प्रतिशत) महिला मतदाता रहेका छन ।
यस निर्वाचन क्षेत्रमा २२ मतदान स्थलअन्तर्गत ५७ मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचनमा भाग लिने उम्मेदवारहरूमध्ये नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मोहन राज रेग्मी, नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री, नेपाल कम्युनिष्ट पार्टीका निनुका भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका रञ्जु चौपने उम्मेदवार छन ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र, जनता समाजवादी पार्टी, नेपालका प्रकाश मानन्धर, नेपाल मजदुर किसान पार्टीका सालिग्राम जायसवाल, प्रगतिशील लोकतान्त्रिक पार्टीका सचिन रिजाल, श्रम संहति पार्टीका समीर लामा तामाङ छन ।
मिथिला पार्टी नेपालका राज कुमार मिश्र, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का धनराज शाही, उज्यालो नेपाल पार्टीका मंगल लाल श्रेष्ठ, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न) का इन्द्र प्रसाद श्रेष्ठ, नेपाल जनउत्थान पार्टीका अनुज बहादुर शाही, समावेशी समाजवादी पार्टीका सुर्जे खत्री, जनतन्त्र पार्टी नेपाल (एकल चुनाव चिह्न) का कमल सुवेदी उम्मेदवार रहेका छन ।
त्यसैगरी स्वतन्त्रतर्फ आशिष मान सिंह बस्न्यात, कमल बडैला, किरण शाही, कृष्ण खत्री, कुमार शाही, राजु सुब्बा, सन्तोष महर्जन जोशी, राजु कुमार अर्याल, शान्ति श्रेष्ठ, रामु पोखरेल, सागर जोशी, सुरेन्द्र प्रसाद ढकाल र संगीत बस्नेत उम्मेदवार रहेका छन ।
उम्मेदवारहरूमध्ये २५ जना पुरुष र ४ जना महिला रहेका छन । समावेशी प्रतिनिधित्वतर्फ ६९ प्रतिशत खस आर्य र ३१ प्रतिशत आदिवासीरजनजाति समुदायका उम्मेदवार रहेका छन ।
तस्वीरमा हेरौं

Categorized in राष्ट्रिय