८ बैशाख २०८१, शनिबार
Header

काठमाडौं उपत्यका सम्पदा यात्रा सञ्चालन गरिने, सम्पदाको पुनःनिर्माण २ बर्षमा


प्रकाशित: बुधवार, १५ जेठ २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रात्रीकालिन सम्पदा यात्रा सञ्चालन गर्ने घोषणा गरेको छ । 


बुधवार प्रस्तुत आर्थिक बर्ष २०७६/०७७ को बजेटमा डा. युवराज खतिवडाले काठमाडौँ उपत्यकाको मौलिक संस्कृति, परम्परा र सङ्गीतको अवलोकन गर्नका लागि रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गरिने उल्लेख गरेको छ । 


यसैगरी कीर्तिपुरस्थित जातीय सङ्ग्रहालयलाई नेपालको परम्परा, भाषा, संस्कृति र  रीतिरिवाज झल्काउने गरी राष्ट्रिय संस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्न पूर्वाधार निर्माणका लागि बजेट छुट्याइएको छ । 


त्यस्तै पशुपति क्षेत्र विकास कोषका लागि रु ३५ करोड बजेट छुट्याइएको छ भने साहित्यकार र कलाकारको वृत्ति विकासमा पनि सरकारले ध्यान दिने भएको छ । 


भूकम्पका कारण क्षति पुगेका सबै सम्पदाको पुनःनिर्माण आगामी दुई वर्षमा सक्ने भएको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD