१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं उपत्यका दुई साताको लागि सटडाउन, महाबौद्ध र टेकु सिल गरिने


प्रकाशित: शुक्रवार, २३ श्रावण २०७७, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । उपत्यकामा कोरोना संक्रमण हवात्तै बढेपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अत्यावश्यकबाहेकका सेवा दुई साताका लागि बन्द गर्ने निर्णय गरेका छन । 


शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो निर्णय गरेको हो । 


बैठकले कोरोनाभाइरसका संक्रमित भेटिएका स्थानमा सिल समेत गर्न निर्णय पनि गरेको छ । बैठकले काठमाडौंको महाबौद्ध र टेकु क्षेत्र अनिश्चितकालिन सिल गर्ने भएको छ । महाबौद्धमा शुक्रबारमात्रै तीन जना कोरोना संक्रमित भेटिएका थिए । 


त्यसैगरी बैठकले तीनै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र पासपोर्ट वितरण बन्द गर्ने निर्णय गरेको छ । बैठकले उपत्यका भित्र कुनै किसिमको सभा, गोष्ठी, सेमिनार गर्न नपाइने निर्णय गरेको छ । 


भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नाकाहरूमा समेत थप कडाइ गर्ने निर्णय भएको जानकारी दिईन । 

 

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD