११ बैशाख २०८१, मंगलबार
Header

काठमाडौं उपत्यकामा ९३४ कोरोना संक्रमित थपिए


प्रकाशित: मंगलवार, १३ असोज २०७७, १६ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलवार ९३४ कारोना संक्रमित थपिएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै उपत्यकामा २३ हजार २२० जना संक्रमित पुगेको छ ।


पछिल्लो २४ घण्टामा देशभर १५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । 


त्यसैगरी ७३१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या  २० हजार ३९६ रहेको मन्त्रालयले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD