१७ बैशाख २०८१, सोमबार
Header

काठमाडौं उपत्यकामा ३ हजार ४ सय ८५ सीसी क्यामेरा जडान


प्रकाशित: विहिवार, ५ पुुस २०८०, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकाभित्र  ३ हजार ४ सय ८५ सीसी क्यामेरा जडान गरिएको प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले बताएका छन ।


बुधवार टोखा नगरपालिका – ९ नयाँबसपार्क क्षेत्रमा बन्न लागेको सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोंगबुको भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सो बताएका हुन । 


उनले काठमाडौं उपत्यका भित्रको अपराध नियन्त्रणका लागि सीसी क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताएका छन । 


‘काठमाडौं र ललितपपुर महानगरपालिका एवं बुढानीलकण्ठ नगरपालिकासँग मिलेर सीसी क्यामरा जडानको कामलाई उच्च प्राथमिकता दिएका छौँ, टोखा नगरपालिकासँग पनि सहकार्य गरेर बसपार्क क्षेत्रको अपराध न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने । 


काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा थप ५ सय सिसी क्यामरा जडान गरिने पनि उनले जानकारी दिए ।


टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामुदायिक सेवाकेन्द्र र प्रहरी प्रभाग गोंगबुको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि नगरपालिकाले निर्णय गरिसकेको बताए ।


९ आना जग्गामा ४ करोड ५० लाख रुपैयाँको लगानीमा बन्न लागेको उक्त भवन साढे चार तल्लाको हुने सामुदायिक सेवाकेन्द्र गोंगबुका अध्यक्ष केदारनाथ पाठकले जानकारी दिए । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD