काठमाडौं । काठमाडौं उपत्यकामा ३१ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङममा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना संक्रमण पुष्टि भएको हो ।
आइतबार देशभर कोरोनाका २ सय ४६ जना संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।
त्यसैगरी विगत २४ घण्टामा १ सय ११ जना कोरोनाबाट निको भइ घर फर्किएका छन । यीसहित कुल निको हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ ।
प्रवक्ता गौतमले नेपालमा कुल संक्रमितमध्ये ८० प्रतिशत निको भइसकेको बताए ।
विगत २४ घण्टामा विभिन्न प्रयोगशालाबाट ८ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म ३ लाख ९१ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय