१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं उपत्यकामा २० हजारको कोरोना परिक्षण हुने 


प्रकाशित: आईतवार, ७ भाद्र २०७७, १८ः३० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं उपत्यकामा दिनानुदिन कोभिड—१९ (कोरोना भाईरस) को संक्रमण फैलिन थालेपछि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ । 


फोरम अध्यक्ष तथा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसहित पदाधिकारीविच काठमाडौ उपत्यकाको सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दायरा बढाउने भएको हो । 


छलफलमा सहभागी फोरमका सचिव मदनसुन्दर श्रेष्ठले तालिका नै बनाएर कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङमा जाने र उपत्यकामा मात्रै १५ देखि २० हजारको कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ गर्ने हाम्रो योजना रहेको सुनाए । 


सचिव श्रेष्ठले सोमवार वस्ने नगरपालिका फोरमको बैठकबाट कुन पालिकामा, कहिले, कुन क्षेत्रमा, कति जनाको कन्ट्राक्ट ट्रेसिङ र परीक्षण गर्ने भन्ने  निर्णय गरी तालिका नै बनाएर अघि बढ्ने जानकारी दिए । 


सो छलफलमा फोरमका अध्यक्ष एवं महानगर प्रमुख शाक्यले भने, ‘संघीय राजधानी समेत रहेको र अत्यन्त घनावस्ती युक्त उपत्यकामा कोरोना संक्रमण समूदायस्तरमा फैलियो भने भयावह अवस्था आउन सक्छ । त्यसैले यसको रोकथाम र नियन्त्रणका लागि उपत्यका सबै पालिका एकीकृत योजना बनाएर अघि बढ्ने भएका छौँ ।’ 


प्रमुख शाक्यले निषेधाज्ञाको अवधीलाई पूर्ण सदुपयोग ‘हटस्पट’मा व्यापक रुपमा कन्ट्राक्ट ट्रेसिङ गरी परीक्षणको दायरालाई फराकिलो बनाउने निर्णयमा पुगेका बताए । 


परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएका सबैको उपचारको व्यवस्था गर्ने गरी अघि बढ्ने समेत प्रमुख शाक्यको भनाई छ । कन्ट्राक्ट ट्रेसिङमा नपरेका र संक्रमणको संकेत देखिएकाहरुको पनि हामी परीक्षण गरिने भएको छ । 


उहाँले थप छलफल गरी निर्णयमा पुग्न भोलि (सोमबार) उपत्यका नगरपालिका फोरमको बैठक बोलाएको जानकारी दिनुभयो ।


भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी रहेको भन्दै कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दुबैलाई निरन्तर अघि बढाउने जानकारी फोरम सचिव श्रेष्ठले जानकारी दिए । 


फोरमका पदाधिकारीको बैठक अघि विज्ञहरुसँग पनि उहाँहरुले छलफल गरिएको थियो । बैठकमा विज्ञहरुले उपत्यकामा परीक्षणको दायरा बढाउन सुझाव दिएको थियो । 


छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका जनस्वास्थ्य सल्लाहकार डा. खेम कार्की, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेलगायत सहभागी रहेको थियो । 


यस अघि बसेको नगरपालिका फोरमको बैठकले उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दुमै अत्यन्त कडाई गर्न सरकारसँग माग गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex