काठमाडौं । सत्ताईस दिन लामो अमरण अनसन विहिबार राती डा. गोबिन्द केसीले तोडेको छ । काठमाडौं उपत्यकामा १० बर्षसम्म कुनै पनि मेडिकल कलेज खोल्न नपाउने भएपछि डा. केसीले अनसन समाप्त गरेका थिए ।
विहिबार राती ९ बुँदै सहमति भएपनि उपत्यकामा मेडिकल कलेजलाई १० बर्षे प्रतिबन्धमा अड्केको थियो । अन्ततः सरकार डा. केसीको सो मागमा पनि सहमति गर्न मञ्जुर भयो ।
चिकित्सा विधेयकमा संसोधन गरेर ‘ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौं, भक्तपुर, ललितपुरमा मेडिकल, डेक्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान गरिने छैन’ व्यवस्था गर्नुपर्नेछ ।
साथै आशयपत्र प्राप्त गरी पूर्वाधार पुरा गरेका शिक्षण संस्थाका लागि दुई वटा विकल्प दिइएको छ । पहिलो सरकारलाई सम्पत्ति हस्तान्तरण गर्ने र दोस्रो, चिकित्सा शिक्षा आयोगले प्राथमिकता तोकेको क्षेत्रमा स्थानान्तरण गर्न चाहेमा सरकारले प्रोत्साहन ।
त्यसैगरी विधेयकमा थप संशोधन गरेर एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिने व्यवस्था गरिनेछ । तर, यो अहिले सम्बन्धन पाइसकेकाहरुको हकमा लागू नहुने र काठमाडौं बाहिरका शिक्षण संस्थाको हकमा आयोगले नीति निर्माण गरी निर्णय गरे बमोजिम हुने व्यवस्था गरिनेछ ।
यस देउवा नेतृत्व सरकरको पालमा यस किसिमको व्यवस्था पनि ओली सरकारले सो हटाएपछि डा. के.सी पहिलेकै विधेयक हुबहु पारित गरिनु पर्ने भन्दै जुम्ला गएर अमरण अनसनमा बसेको थिए ।
डा. केसीले जुम्लामा गएर औषधी उपचार पनि नलिने भन्दै अनसन लम्बाएपछि सरकारमा चौतर्फी दवाव परेको थियो । सरकार बाध्य भएर बलपूर्वक डा. केसीलाई उपचार र वार्ताको लागि काठमाडौ ल्याएको थियो ।
Categorized in स्वास्थ्य