२१ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीमा नयाँ भाडा दर लागु 


प्रकाशित: विहिवार, ११ साउन २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा विहिवारदेखि सार्वजनिक सवारीमा नयाँ भाडादर लागु भएको छ ।


वाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले लागू हुनेगरी भाडादर घटाएको हो । 


यसअघि आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य घटाएकाले मन्त्रालयले सोअनुसार मूल्य समायोजन गरेको हो । 


नयाँ भाडादरको सूचीअनुसार बस चढेपछि पहिलो ५ किलोमिटरसम्मको दूरीको भाडा १८ रुपैयाँ कायम भएको छ । यसअघि यो दर १९ रुपैयाँ थियो । 


त्यस्तै १० किलोमिटरसम्मको दूरीको भाडा २४ रुपैयाँ, १५ किलोमिटरसम्मको भाडा २९ रुपैयाँ, २० किलोमिटरसम्मको भाडा ३२ र २० किलोमिटरभन्दा माथिको भाडा दर ३७ रुपैयाँ तोकिएको मन्त्रालयले जनाएको छ । 


भाडादर भने पूर्ण रुपमा कार्यान्वयन हुन नसकिरहेको अवस्था छ । यस अघि घटाएको भाडादरमा पनि बढेकै मूल्य लिइरहेको पाएको छ । 



भाडादर सुचीः 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD