२८ आश्विन २०८३, बुधबार
Header

काठमाडौं उपत्यकामा विजुली बस चलाउने योजनाको शुभारम्भ


प्रकाशित: सोमबार, १६ असार २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकामा बिजुली बस चलाउने योजनाको सोमबार एक कार्यक्रविच सुभारम्भ गरिएको छ । 


प्रदेश सरकार, काठमाडौ र ललितपर महानगरपलिका र साझा यातायातविच उपत्यकामा बिजुली बस सञ्चालनको लागि ४५ करोड रुपैयाको शेयर लगानी पत्रमा हस्ताक्षर भएको छ । 


प्रदेश सरकारले ३० करोड, काठमाडौं महानगरले १० करोड, ललितपुरले २ करोड ५० लाख र साझाले २ करोड ५० लाख लगानी गरेर बिजुली बस खरिद गर्ने भएको हो । 


राष्ट्रिय सभा गृहमा आयोजना गरिएको ‘युरो ४ मापदण्डका सहरी बस सेवा शुभारम्भ र बिद्युतीय बस सञ्चालनका लागि सहमति पत्रमा प्रदेश ३  सरकारकातर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेले, काठमाडौ महानगरका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरको तर्फबट चिरीबाबु महर्जन र साझाको तर्फबाट साझा यातायात प्रा. लि. सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितले हस्ताक्षर सहमति पत्रमा हस्तक्षार गरेका छन । 


त्यसैगरी कार्यक्रममा, काठमाडौं महानगरको ५ करोड तथा ललितपुर महानगरको १ करोड रुपैयाँ शेयर लगानीबाट प्राप्त भएको रकमबाट २० वटा युरो ४ मापदण्डका २० वटा सहरी सवारी सेवा पनि शुभारम्भ गरियो । 


सो अवसरमा प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले, बिद्युतीय रकम भुक्तानी (इपेमेन्ट) का लागि ‘यात्रा कार्ड’ को शुभारम्भ गरेका थिए भने काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले महानगरले जारी गरेको ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५’ सार्वजनिक गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
kmc 28 wada bharam
maharjan complex