१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौं उपत्यकामा रात्रीकालिन सम्पदा यात्रा संचालन गर्ने


प्रकाशित: विहिवार, १६ भाद्र २०७९, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा रात्रीकालिन सम्पदा यात्रा संचालनको तयारी गरिएको छ ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री जीवनराम श्रेष्ठले घोषणा गरेको पर्यटन पुनरुथान कार्यक्रम अनुसार सो तयारी गरिएको हो । 


ऐतिहासिक सम्पदा, मन्दिर, पार्क तथा ढुङ्गेधाराको रात्रिकालीन अवलोकन निकै आकर्षक एवं मनमोहक हुनेछ । 


पर्यटन व्यवसायी र स्थानीयबासिन्दाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्तीको व्यवस्था, सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय संचालनको तयारी पुरा गरी रात्रीकालिन सम्पदायात्रा संचालन गरिनेछ । 


काठमाडौं, भक्तपुर, पाटन र किर्तीपुरका सम्पदा क्षेत्रमा रात्रीकालिन पदयात्रा सुरु गर्नेबारे सरोकारवालाहरुसँग छलफल भएको मन्त्री जीवनराम श्रेष्ठले बताए । 


उनले रात्रीकालिन सम्पदायात्राले पर्यटकहरूको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्विने विश्वास व्यक्त गरे । 


रात्रीकालिन सम्पदायात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी– भजनले पनि पुर्नजीवन पाउने मन्त्री श्रेष्ठको भनाई छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD