६ जेठ २०८१, आइतबार
Header

काठमाडौं उपत्यकामा यी स्थानमा विद्युुतीय सवारीको चार्जिङ स्टेसन


प्रकाशित: बुधवार, २० भाद्र २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको एकै पटक उद्घाटन गरेको छ ।


बुधवार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको स्टेसनको उद्घाटन गरे ।


विद्युत प्राधिकरणले सार्वजनिक गरेको चार्जिङ स्टेसन अनुसार काठमाडौं उपत्यकामा काठमाडौंको नेपाल विद्युत प्राधिकरण, रत्नपार्क, साझा सेवा बल्खुमा २ वटा, नेपाल पुलिस क्लब, समाखुसीमा २ वटा, नेपाल पुलिस क्लब भृकुटीमण्डप, प्रहरी पेट्रल पम्प छन ।


त्यसैगरी, ललितपुरमा साझा सेवा पुल्चोकमा १ वटा, र भक्तपुरको विद्युत प्राधिकरण खरिबोटमा १ स्टेशन रहेको छ ।

 
करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा सानारठूला कारहरु चार्ज गर्न मिल्ने छन ।


विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५÷२० गुणा सस्तो पर्ने उल्लेख गर्दै नेपाल विद्युुत प्राधिकरणका निर्देशक कुलमान घिसिङले बताए ।


चार्ज गर्दा कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने छ । 


नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ ।


चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड,जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा करबाहेक ठेक्का सम्झौता भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD