काठमाडौं । बुधवारबाट कोरोना खोप लगाउने अभियान सुरु हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गरेपछि सातै प्रदेशमा खोप लगाउन सुरू गरिने छ ।
काठमाडौं उपत्यकाका हकमा स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाले खोप लगाउनलाई १७ वटा अस्पताल निर्धारण गरेको छ । काठमाडौंका गंगालाल अस्पताल, नेपाल मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल, टिचिङ अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, आयुर्वेद तालिम केन्द्र कीर्तिपुर, वीर अस्पताल, प्रसुति गृह, टेकु अस्पताल, सिभिल अस्पताल र काठमाडौं मेडिकल कलेज छन ।
यसैगरी ललिपुरमा पाटन अस्पताल, किस्ट मेडिकल कलेज र आनन्द वन अस्पताल तोकिएको छ भने भक्तपुरका कोरियन अस्पताल र भक्तपुर अस्पतालबाट पनि खोप लगाइने छ ।
उपत्यकाबाहेक चितवन, कास्की, रुपन्देही र मोरङजस्ता धेरै अस्पतालको संख्या भएका जिल्लामा पनि एकभन्दा बढी अस्पतालबाट खोप लगाइने महाशाखाले जनाएको छ ।
सरकारले गत बिहीबार भारतले अनुदानमा दिएको १० लाख डोज खोप लगाउन लागेको हो । अक्सफोर्ड विश्वविद्यालय र एन्ट्रेजेन्काले विकास गरेको उक्त खोप अहिले भारतको सेरम इस्टिच्युटले ुकोभिसिल्डु नाम दिएर उत्पादन गरिरहेको छ ।
Categorized in स्वास्थ्य