१० भाद्र २०८३, बुधबार
Header

काठमाडौं उपत्यकामा निर्वाचका दिन सार्वजनिक सवारी नचल्ने


प्रकाशित: विहिवार, १ मंसिर २०७९, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा मंसिर ४ गते निर्वाचनका दिन सार्वजनिक सवारी चलाउन नपाउने भएको छ । 


सो दिन बिहान ४ गतेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको काठमाडौँका प्रजिअ घनश्याम उपाध्यायले बताए ।


बुधवार निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सवारी साधन सञ्चालनमा रोक लगाउन निर्णय गरेको हो ।  


त्यसैगरी सवारी साधनको व्यवस्थापन गर्ने, मदिराको ओसारपसार, बिक्री वितरण र सेवनमा रोक लगाउने निर्णय गरेको छ ।


अत्यावश्यक सेवाबाहेक मंसिर १ र २ गते तीनवटै जिल्ला प्रशासनको सेवा बन्द गर्ने निर्णय भएको छ । 


खानेपानी, विद्युत, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन हुनेछन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex