१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं उपत्यकामा दुई लाख बढिलाई राहात वितरण


प्रकाशित: सोमवार, ८ बैशाख २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । कोरोना महामारीको कारण काठमाडौं उपत्यकामा लकडाउनमा रहेका २ लाख ११ हजार पाँच सय २३ परिवारलाई राहत वितरण गरिएको छ । 


उपत्यका नगरपालिका फोरमका अनुसार उपत्यकाका दुई महानगर काठमाडौ र ललितपुर तथा १६ नगरपालिकाले राहत उपलव्ध गराएको हो ।


फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरुले उपत्यकामा रहेका अतिविपन्न, असाहय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर लकडाउन अवधिभर भोकै पर्नु नपरोस भनेर संयुक्त पहल गरिरहेको बताए । 


शाक्यले कोरोना रोगको महामारीसँग लडिरहेका उपत्यकावासीलाई भोक–भोकै पर्न नदिने पनि प्रतिवद्धता व्यक्त गर्दै भने,‘ उपत्यकाका जनप्रतिनिधि वा टोल फ्री न. ११८० र ११३१ मा जानकारी दिन उनले आग्रह समेत गरेका छन ।’


फोरमको बैठकमा विभिन्न जिल्लाबाट उपत्यकालाई ट्रान्जिट बनाएका कारण अलिक बढी समस्या देखिएको विषयमा समेत छलफल चलेको मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले वताए । 


सचिव श्रेष्ठले उपत्यकाका सबै नाकाबाट आवत–जावत हुने सवारीलाई अनिवार्य सेनिटाइजर गरेर मात्रै आवत–जावतको प्रवन्ध गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD