१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं उपत्यकामा जोर–विजोर प्रणाली हट्यो


प्रकाशित: आईतवार, २३ माघ २०७८, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकमा नीजि सवारीमा लागु भएको जोरविजोर प्रणाली हटेको छ । 


आईतवार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) बैठकले जोरविजोर प्रणाली हटाउन सिफारिस गरेपछि उपत्यकाका तिनै जिल्ला प्रशासन कार्यलयले सो हटाएको हो । 


त्यस्तै फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन पाउने भएको छ । १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउँछन भने १२ वर्षमुनिका बालबालिका भने बार अनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी सिफारिस गरेको हो ।


साथै फागुन १ गतेदेखि टयुसन, इन्सिच्युट, तालिम केन्द्रहरु स्वास्थ्य मापदण्ड पालना गरेर जिम, फिल्म हल, फुटसललगायत रात्रिकालिन व्यवसायहरू दोहोरी, डान्सबारलगायत सञ्चालनका गर्न पाईने छ । 


रात्रिकालिन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न सिफारिस गरेको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD