१७ बैशाख २०८१, सोमबार
Header

काठमाडौं उपत्यकामा खटिएका सादा पोशाकका प्रहरी हटाइयो


प्रकाशित: शुक्रवार, १६ चैत्र २०८०, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयले काठमाडौं उपत्यकामा खटिएका सादा पोशाकका प्रहरी (घुमुवा) लाई हटाएको छ ।


प्रधान कार्यालयले उनीहरुलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी अवदेश विष्टले जानकारी दिए ।


हेडक्वाटरको परिपत्र आएपछि उपत्यकाका १०८ सादा पोशाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको हो । 


उनीहरुलाई परिसर, वृत्तहरू, ट्राफिक, विमानस्थल प्रहरी गरी १०८ सादा पोशाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको छ । 


यस अघि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको घुमुवा प्रहरी हटाउने निर्देशनपछि सो निर्देशन कार्यान्वयन भएको हो । 


यसअघि प्रहरीहरू सूचना संकलनका लागि सादा पोशाकमा विभिन्न स्थानमा परिचालन हुँदै आएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD