१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो 


प्रकाशित: शुक्रवार, ५ मंसिर २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकाका कोरोना संक्रमित हुनेहरुको संख्या एक लाख नाघेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ११०७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या एक लाख ८७२ पुगेको छ । 


काठमाडौंमा हालसम्म ८१ हजार ५८८ जना संक्रमित मध्ये ७१ हजार ५९१ जना संक्रमणमुक्त भएका छन भने ३१६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमित ९ हजार ६८१ जना छन ।


यस्तै ललितपुरमा कुल संक्रमितको संख्या ११ हजार ९४८ जना मध्ये ९ हजार ६३१ संक्रमणमुक्त भएका छन भने ८९ जनाको मृत्यु भएको छ । २ हजार २२८ संक्रिय संक्रमित रहेका छन । 


भक्तपुरमा हालसम्म ७ हजार ३३६ जना संक्रमित मध्ये ६ हजार ४७० जना संक्रमणमुक्त भएका छन  भने ८३ जनाको मृत्यु भएको छ । भक्तपुरमा ७८३ संक्रिय संक्रमित छन ।


उपत्यकामा कुल ४८८ जनाको मृत्यु भएको छ भने ८७ हजार ६९२ जना संक्रमणमुक्त भएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD