१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप


प्रकाशित: बुधवार, १७ भाद्र २०७७, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता थपिएको छ  । 


उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रायलसँग छलफल गरेपछि एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन । 


यस पटकको निषेधाज्ञा केही सेवालाई सञ्चालनका लागि छुट दिने तयारी गरेको छ । 


नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो ।


होटल, रेष्टुरेन्ट, फुटपाथ पसलको हकमा अझै बन्द हुनेछन भने बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन ।


उपत्यकामा कोरोना भाइरसको संक्रमण ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए ।



तस्वीरः रमिता 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD