काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौं उपत्यकामा आज (आइतबार) विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गरिने भएको छ ।
नेपाल आयल निगमका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ती बिक्री केन्द्रबाट विभिन्न कम्पनीका ग्यास सिलिण्डर बिक्री गरिनेछ ।
आइतबार टेकुस्थित निगमको परिसर, पशु सेवा शाखा चपली बूढानीलकण्ठ, राधास्वामी कीर्तिपुर परिसर, नयाँ बजारस्थित जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय र भक्तपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्र परिसरबाट ग्यास बिक्री हुनेछ ।
निगमका अनुसार टेकुमा नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम र सगर ग्यास उपलब्ध हुनेछ । चपली बूढानीलकण्ठमा नेपाल, एचपी र भानु तथा राधास्वामी कीर्तिपुरमा नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ग्यास बिक्री गरिनेछ ।
त्यस्तै, नयाँ बजारस्थित जुडो हलबाट नेपाल, एचपी र ओम तथा तारकेश्वरबाट नेपाल र एचपी ग्यास बिक्री हुनेछ । चन्द्रागिरि नगरपालिका कार्यालय परिसरबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ग्यास उपलब्ध गराइनेछ ।
भक्तपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्र परिसरबाट भने नेपाल, एचपी, सूर्य, सगर, एभरेस्टरसुगम र एसटीसी ब्रान्डका सिलिण्डर बिक्री वितरण गरिने निगमले जनाएको छ ।
ग्यास अभावका कारण उपभोक्ताले लामो समयदेखि समस्या भोगिरहेका बेला निगमले विभिन्न स्थानमा बिक्री केन्द्र स्थापना गरी सहज रूपमा सिलिण्डर उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।
शनिबार काठमाडौंका चार स्थानबाट करिब ६ हजार सिलिण्डर बिक्री गरिएको थियो ।
निगमको सुचनाः

Categorized in बजार