काठमाडौं । निर्वाचन आयोगले काठमाडौं उपत्यकाको ३ जिल्लाबाट अनलाईन मतदाता नामावली संकलन सुरु गर्ने भएको छ ।
भोली (बुधवार) देखि आयोगले काठमाडौं, ललितपुर र भक्तपुरमा अनलाइनबाट फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको हो । आयोगले परीक्षणको रुपमा उपत्यकाबाट सुरु गर्न लागेको एक सुचना जारी गरी जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार फोटोसहितको नामावली दर्ता नगरेका नेपाली नागरिकले निर्वाचन आयोगको वेबसाइटमा गई व्यक्तिगत विवरण भरी उपत्यकाको ३ जिल्लाको निर्वाचन कार्यालयमा पेश गर्न सकिने छ ।
अनलाइन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानु पर्नेछ ।
यस अघि मतदाता नामावली संकलनमा ढिलासुुस्ती हुने गरेको र लामो लाईन लाग्दा सर्वसाधरणले सास्ती पाएपछि चर्को आलोचना भएको थियो ।

Categorized in राष्ट्रिय