१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं उपत्यकाको सबै नाका सिल गर्न गृहको परिपत्र


प्रकाशित: विहिवार, ८ जेठ २०७७, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । गृहमन्त्रलयले काठमाडौ उपत्यकाका सबै नका सिल गर्न स्थानीय निकायलाई परिपपत्र गरेको छ । 


आज मन्त्रालयले एक विज्ञप्ती जारी गरी काठमाडौ, भक्तपुर र ललितपुरकाका आगमनको श्रोत नाकानै सिल गरेको जनाएको छ । 


उपत्यकामा कोरोनाको उच्च जोखिम बढेपछि गृहमन्त्रालयले नाका बन्द गर्ने निर्णयसहित स्थानीय निकायलाई ८ बुँदे निर्णयहरु सहितको पत्र पठाएको हो । 


जेठ १ गते गृहमन्त्री रामवहादुर थापाको अध्यक्षतामा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगर प्रमुख चिरिवाबु महर्जन, गृहसचिव, काठमाडौका सुरक्षा निकायका प्रमुखहरु र नगरपालिका प्रमुखहरु तथा काठमाडौं जिल्ला प्रमुख अघिकारीसहितको बैठककमा भएको निर्णयहरु कार्यन्वयन गर्न परिपत्र पठाएको हो । 


परिपत्रमा भनिएको छ उपत्यका प्रवेश गर्न आगमन नाकाकको पहिलो स्रोतमा रोक्ने, अत्यावश्यक प्रयोजनवाहेक सबै नाकाहरु पूर्ण रुपमा सिल गर्ने, उपत्यका प्रवेश गर्ने पर्नेले आफ्नै खर्चमा आरडटी परीक्षणको रिपोर्ट सहित उपत्यका प्रवेशको लागि अनुमति माग्नु पर्ने छ ।


त्यसैगरी स्थानीय निकायहरुले स्थानीय प्रशासनसँग समन्यव गरी आ–आफ्नो क्षेत्रको पार्टी प्यालेस, सामुदायिक भवन रअन्य संभावित स्थलहरुलाई क्वारेन्टाईन वस्ने व्यक्ति स्वयंमले क्वारेन्टाईन लागत खर्च गर्ने गरी संभावित क्वारेन्टाईन (होल्डीङ समेत) प्रयोजनका लागि लागत संकलन गर्ने र अन्य व्यवसथापनको कार्य अघि बढाउने परिपत्रमा उल्लेख गरेको छ । 


काठमाडौं प्रवेश नरोकपछिको कारणले उपत्यकामा कोरोनको उच्च जोखिम बढ्दै गएपछि सरकारले कडा निर्णय लिएको हो । 


पछिल्लो समय लुकीछिपी काठमाडौं प्रवेश गर्नेहरु उल्लेखिय रुपपमा वढिरहेकोले नाकामा पूर्ण कडाई गर्न परिपत्रमा भनिएको छ ।

 

 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD